निर्वाचन क्षेत्र समिति गठनका लागि रास्वपाले थाल्यो तयारी
सोमबार, २२ फागुन २०७९, १२ : १७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ। हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको हो ।
रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको महामन्त्री डा. मुकुल ढकालले बताए ।समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने छ। अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी, १ लाख ४९ हजार प्रक्रियामा
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
-
प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बाख्रापालनले दिलाएको सम्मान र सन्तुष्टि
-
गण्डकीमा बजेट लेखनको अन्तिम तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण