दीपा र माग्नेले दर्शकसँगै खेले होली
काठमाडौँ । देशभर बिभिन्न होलीका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । यसरी आयोजना भएको कार्यक्रममा सेलिब्रेटीको पनि सहभागीता रहनेछ गरेको छ । यस्तैमा शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’ युनिटले भने नयाँ बानेश्वर चोकमा आयोजित होली कार्यक्रममा सहभागीता जनाएको छ । कार्यक्रममा ‘छक्कापञ्जा ४’ का कलाकार दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे लगायत सहभागी थिए । कार्यक्रममा सर्वसाधारणलाई रङ लगाइदिँदै उनीहरुले नाच्दै र गाउँदै शुभकामना समेत दिए ।
कार्यक्रममा दीपाश्री र माग्ने बुढाले हाँस्यव्यंग्य प्रस्तुतिमार्फत दर्शक हसाए भने केही कलाकारले गायन समेत प्रस्तुत गरेका थिए । सोही अवसर दीपाले फिल्म ‘छक्कापञ्जा ४’ को प्रचार गर्न समेत भ्याइन् । होली कार्यक्रमको आयोजना बानेश्वर व्यापार संघ, रेडियो अडियो र छक्कापञ्जा टोलीले मिलेर गरेको थियो । ‘छक्कापञ्जा ४’ हेमराज विसीले निर्देशित र नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय रहेको फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण