क्लीन स्वीपबाट चुक्यो इंग्ल्याण्ड

चिटागोङ । एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा बंगलादेशसँग ५० रनले पराजित हुँदै इंग्ल्याण्ड क्लीन स्वीप गर्नबाट चुकेको छ । शृङ्खलामा यसअघि नै २–० को अग्रता बनाएको इंग्ल्याण्डले बंगलादेशलाई २ सय ४६ रनमा नै सीमित गरेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा टोली १ सय ९६ रनमा अलआउट हुन पुग्यो ।
बिना कुनै विकेट गुमाई ५४ रनको स्थितिमा रहेको टोलीले त्यसपछि ८ बलको अन्तरमा ३ विकेट गुमाएको थियो । अन्ततः ४१ बल बाँकी छँदै टोली अलआउट हुन पुग्यो । इंग्ल्याण्डका लागि जेम्स भिन्सले सर्वाधिक ३८ रन बनाए ।
बंगलादेशका शाकिब अल हसनले ३५ रन खर्चेर ४ विकेट लिँदै इंग्ल्याण्डको पारी ध्वस्त बनाएका थिए । यसअघि उनले ७१ बलमा ७५ रन बनाउँदै टोलीको योगफल सम्मानजनक बनाउन मद्दत गरेका थिए । योसँगै शाकिब बंगलादेशका लागि ३ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
पछिल्लोपटक श्रीलंकाले सन् २०१४ मा बंगलादेशमा एकदिवसीय शृङ्खला क्लीन स्वीप गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य
-
प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट