क्लीन स्वीपबाट चुक्यो इंग्ल्याण्ड
चिटागोङ । एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा बंगलादेशसँग ५० रनले पराजित हुँदै इंग्ल्याण्ड क्लीन स्वीप गर्नबाट चुकेको छ । शृङ्खलामा यसअघि नै २–० को अग्रता बनाएको इंग्ल्याण्डले बंगलादेशलाई २ सय ४६ रनमा नै सीमित गरेको थियो । तर, लक्ष्य पछ्याउने क्रममा टोली १ सय ९६ रनमा अलआउट हुन पुग्यो ।
बिना कुनै विकेट गुमाई ५४ रनको स्थितिमा रहेको टोलीले त्यसपछि ८ बलको अन्तरमा ३ विकेट गुमाएको थियो । अन्ततः ४१ बल बाँकी छँदै टोली अलआउट हुन पुग्यो । इंग्ल्याण्डका लागि जेम्स भिन्सले सर्वाधिक ३८ रन बनाए ।
बंगलादेशका शाकिब अल हसनले ३५ रन खर्चेर ४ विकेट लिँदै इंग्ल्याण्डको पारी ध्वस्त बनाएका थिए । यसअघि उनले ७१ बलमा ७५ रन बनाउँदै टोलीको योगफल सम्मानजनक बनाउन मद्दत गरेका थिए । योसँगै शाकिब बंगलादेशका लागि ३ सय विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
पछिल्लोपटक श्रीलंकाले सन् २०१४ मा बंगलादेशमा एकदिवसीय शृङ्खला क्लीन स्वीप गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण