शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

उपचारका क्रममा सम्पत्ति सकियो, परिवारको बिचल्ली

मङ्गलबार, २३ फागुन २०७९, ०९ : ३३
मङ्गलबार, २३ फागुन २०७९

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३० वर्षीय राजन नेपाली गत २०७८ माघ ७ गते दुर्घटनामा परे । दुर्घटनामा परेका नेपाली अझै अचेत छन् । उनी अचेत अवस्थामा ओछ्यान परेको वर्ष दिन भयो  । वर्ष दिनमा उनको उपचारका लागि परिवारको भएको सबै सम्पत्ति रित्तियो । न उनी निको भए, न सम्पत्ति बच्यो ।  

गाउँमा ऋण कर्जा गरी र भएको सम्पत्ति बेची उनको उपचारमा ५० लाख बढी खर्च भइसक्यो । तर उनको बेहोसीबाट बौरिन सकेनन्  । अहिले उनीसँगै परिवारसमेत बिचल्लीमा परेका छन् । आर्थिक अभावका कारण न बिरामीले औषधी उपचार पाउन सकेका छन्, न परिवारले दुई छाक सजिलै टार्न । तर परिवारलाई आफ्नो भोको पेटको भन्दा श्रीमानको उपचारको पीडा धेरै छ । श्रीमती कमला नेपालीले भनिन्, ‘उहाँले औषधी खान पाउनु भएको छैन, हामीले भात, भोको पेटको शोकमा छौँ । ’ 

सामान्य पारिवारिक अवस्थाका नेपालीको ग्रिल पेशा उनको गुुजरा टरेका थियो । उनले त्यही पेसाबाट एउटा घर र घडेरी जोडेका थिए । तर दुर्घटना पछि उपचारका लागि त्यो पनि सिद्धियो । अहिले उपचार अभावका कारण ओछ्यानमा थलिएका छन् । 

 २ छोरी १ छोरा सहितको ५ अभावको कष्टकर दिन काट्दै आइरहेको उनले. सुनाइन् । औषधी उपचार पाए श्रीमान् बाँच्थे कि भन्ने आस उनको श्रीमतीको छ । तर उनीसँग बचाउन सक्ने कुनै उपाय नहुँदा सास रहुञ्जेलको आस रहेको उनले सुनाइन् । श्रीमानको उपचारमा सम्पत्ति सकिएपछि अहिले गाउँलेहरूको साहारामा  तीन सन्तानको भोक टार्दै आइरहेकी उनले श्रीमानको जीवन रक्षाका गरिदिन  समेत सहयोगदाताहरूमा आग्रह गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप