नेप्सेमा खराब सुरुवात, साताको पहिलो दिन २९ अंकले घट्यो
आइतबार, २८ फागुन २०७९, १५ : ११
काठमाडौँ । सेयर बजारमा साताको पहिलो कारोबार दिन नै खराब सुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.६९ अंकले घट्दै १९ सय ७४ अंकमा झरेको हो ।
यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७३.८५ अंकमा झर्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार २ अंकको विन्दुमा पुगेको थियो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । झण्डै २९ अंकले घटेको बजारमा आज १ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ बराबरको ४७ लाख कित्ता सेयर किनबेच भएको छ ।
यस दिन शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने गुडवील फाइनान्स लिमिटेड डिभेन्चरका लगानीकर्ताहरुले ६.५५ प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण