शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा खराब सुरुवात, साताको पहिलो दिन २९ अंकले घट्यो

आइतबार, २८ फागुन २०७९, १५ : ११
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । सेयर बजारमा साताको पहिलो कारोबार दिन नै खराब सुरुवात भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २८.६९ अंकले घट्दै १९ सय ७४ अंकमा झरेको हो । 

यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६५ अंकले घटेर ३७३.८५ अंकमा झर्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ५० अंकमाथिले बढ्दै २ हजार २ अंकको विन्दुमा पुगेको थियो । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । झण्डै २९ अंकले घटेको बजारमा आज १ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ बराबरको ४७ लाख कित्ता सेयर किनबेच भएको छ । 

यस दिन शिभम् पावर लिमिटेडका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने गुडवील फाइनान्स लिमिटेड डिभेन्चरका लगानीकर्ताहरुले ६.५५ प्रतिशतले गुमाउन पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप