मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

‘बहाव’ को पहिलो गीत ‘यो मन रोग’ सार्वजनिक

आइतबार, २८ फागुन २०७९

काठमाडौँ । फिल्म ‘बहाव’ २४ चैतबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालको मुख्य भूमिका रहेको फिल्म अहिले प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले फिल्मको पहिलो गीत ‘यो मन रोग’ सार्वजनिक गरेको छ । जसमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत रहेको छ । 

गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ । उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ । गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ । गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत भएकी छन् । 

प्रमोद कँडेलको लेखन तथा निर्देशन फिल्म निर्माण भएको हो ।  फिल्म पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको निर्देशक कडेँलले बताए । ‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । यसमा सुरक्षा र कमलमणिबीचको अन्तर्द्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौँ’, उनले भने ।

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि ‘गोपी’ निर्माण गरेका थिए । पौडेलले आफ्नो स्वतन्त्रता आफैमा कैद गर्नेहरूका लागि मार्ग प्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको जनाए ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अलि, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत फिल्ममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया