शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक

शनिबार, ०२ साउन २०८३, ०९ : ४२
शनिबार, ०२ साउन २०८३

सारांश

  • फिल्म 'लज्जावती'को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ ।
  • गीतमा बाबुल गिरीको शब्द तथा संगीत, सहिमा श्रेष्ठ र रवी ओडको स्वर छ ।
  • साउन २९ गतेबाट प्रदर्शनमा आउने फिल्मको भिडियोमा मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् ।

काठमाडौँ । आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, सहिमा श्रेष्ठ र रवी ओडको स्वर छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतले दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।

आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

सौरभ ओली प्रस्तुतकर्ता तथा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ । हरि प्रसाद सिवाकोटी सिनेमाका लाइन प्रोड्युसर हुन् । क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन् ।

फिल्ममा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिलममा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्मलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप