‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
सारांश
- फिल्म 'लज्जावती'को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ ।
- गीतमा बाबुल गिरीको शब्द तथा संगीत, सहिमा श्रेष्ठ र रवी ओडको स्वर छ ।
- साउन २९ गतेबाट प्रदर्शनमा आउने फिल्मको भिडियोमा मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् ।
काठमाडौँ । आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, सहिमा श्रेष्ठ र रवी ओडको स्वर छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतले दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।
सौरभ ओली प्रस्तुतकर्ता तथा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्ममा दिव्यराज सुवेदीको छायांकन छ । हरि प्रसाद सिवाकोटी सिनेमाका लाइन प्रोड्युसर हुन् । क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन् ।
फिल्ममा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिलममा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो फिल्मलाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण