लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य
सोमबार, २९ फागुन २०७९, १० : ४५
काठमाडौँ । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । आज सुनको मूल्यमा ६०० रुपैयाँको वृद्धि आएको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो सामेबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण