शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो दिन पनि नेप्सेमा २४ अंकको गिरावट, सवा अर्बको कारोबार

सोमबार, २९ फागुन २०७९, १५ : २२
सोमबार, २९ फागुन २०७९

काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले घट्दै नेप्से सूचक १९ सय ७४ अंकको विन्दुमा ओर्लिएकोमा आज थप २४.६८ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका आज नेप्से सूचक १९ सय ५१.२१ अंकको विन्दु कायम भएको छ ।  २४ अंकमाथिले नेप्से घटेको बजारमा आज १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । 

आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । बैंक, विकास बैंक, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक १ प्रतिशत माथिले घटेका छन् भने बाँकी उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् ।  आज पनि शिभम् पावर कम्पनीका सेयरधनीहरुले ९.९८ प्रतिशतले कमाएका छन् भने खप्तड लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ७.६२ प्रतिशतले गुमाउन पुगेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप