दोस्रो दिन पनि नेप्सेमा २४ अंकको गिरावट, सवा अर्बको कारोबार
काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले घट्दै नेप्से सूचक १९ सय ७४ अंकको विन्दुमा ओर्लिएकोमा आज थप २४.६८ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेञ्जका आज नेप्से सूचक १९ सय ५१.२१ अंकको विन्दु कायम भएको छ । २४ अंकमाथिले नेप्से घटेको बजारमा आज १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको ३३ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे भएको छ । बैंक, विकास बैंक, जीवन बीमा, म्यानु एण्ड प्रो, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक १ प्रतिशत माथिले घटेका छन् भने बाँकी उपसूचक १ प्रतिशत भन्दा कमले घटेका छन् । आज पनि शिभम् पावर कम्पनीका सेयरधनीहरुले ९.९८ प्रतिशतले कमाएका छन् भने खप्तड लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ७.६२ प्रतिशतले गुमाउन पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण