शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से परिसूचकमा सामान्य सुधार, १ अर्ब १३ करोडको कारोबार

मङ्गलबार, ३० फागुन २०७९, १६ : ०९
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ ।  मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयदेखि उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा १.८५ अंकले बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १९५० अंकबाट सुरु भएको थियो । जबकि, ०.०९ प्रतिशतको वृद्धिसँगै १९५३ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ३३ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा सामान्य वृद्धि आए पनि आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको स्थिर बसेको छ । आज ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । युनिक नेपाल लघुवित्त, शुभम पावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

आज कारोबार भएका १३ वटामध्ये ५ वटा समूहमा गिरावट आएको छ । बैंक, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फन्ड र व्यापार समूहका सूचक घटेका छन् । यसबाहेक अन्य सबै समूहका सूचकमा सुधार आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप