नेप्से परिसूचकमा सामान्य सुधार, १ अर्ब १३ करोडको कारोबार
काठमाडौँ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । कारोबार समयदेखि उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक अन्तिम समयसम्म आइपुग्दा १.८५ अंकले बढेर बन्द भएको हो ।
आज नेप्से परिसूचक १९५० अंकबाट सुरु भएको थियो । जबकि, ०.०९ प्रतिशतको वृद्धिसँगै १९५३ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ३३ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचकमा सामान्य वृद्धि आए पनि आज १२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७८ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको स्थिर बसेको छ । आज ३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । युनिक नेपाल लघुवित्त, शुभम पावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
आज कारोबार भएका १३ वटामध्ये ५ वटा समूहमा गिरावट आएको छ । बैंक, उत्पादनमूलक, लघुवित्त, म्यूचुअल फन्ड र व्यापार समूहका सूचक घटेका छन् । यसबाहेक अन्य सबै समूहका सूचकमा सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण