सुनचाँदीको मूल्य स्थिर
बुधबार, ०१ चैत २०७९, ११ : २७
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजो मङ्गलवारकै मूल्यमा कारोबार सुरु भएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । हिजो एकै दिन १६ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ कायम छ । हिजो मङ्गलवार समेत यही मूल्यमा चाँदीको कारोबार भएको महासङ्घले जनाएको छ । हिजो भने एकै दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण