शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी

बुधबार, ०१ चैत २०७९, १४ : ०७
बुधबार, ०१ चैत २०७९

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन् । उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताए । 

उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए । मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताए । उनले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताए ।
उनले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताए । उनले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘जलवायु परिवर्तनले आक्रान्त भइरहेको विश्वमा स्वच्छ उर्जाको महत्व छ । नेपाल जलस्रोतको धनी देश भएर पनि अझै उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनौं । स्वच्छ उर्जाले खनिज जन्य उर्जालाई प्रतिस्थापन गर्र्दै जानुपर्छ भन्ने कुरा अगाडि बढेको छ । नेपालको समृद्धि स्वच्छ उर्जा जलस्रोतको विकासबाट सम्भव छ । हाम्रो अगाडि चुनौति रहेको छ । पानीबाट विद्युत उत्पादन गरी पानीलाई धनमा परिणत गर्नुछ । पानीबाट प्राप्त भएको धन मुलुकको मुहार फेर्ने ,समृद्धि ल्याउने माध्यम बन्नुपर्छ । उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय हो । त्यसमा समन्वय कसरी गर्ने भन्ने विषय खोज्नुपर्छ ।’ 

त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए । उनले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप