नेपाली क्रिकेट टिमलाई एमाले अध्यक्ष ओलीको ढाडस-'तपाईंहरुको साथमा म छु'
बिहीबार, ०२ चैत २०७९, ०९ : १९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेल खेल्न लागेको नेपाललाई सफलताको कामना व्यक्त गरेका छन् ।
खेल सुरु हुनु अघि सामाजिक सञ्जालमा ओलीले लेखेका छन् मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १ राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्ने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण