आगामी बुधवारबाट ‘सर्खारको सर’ प्रसारणमा आउने
काठमाडौंँ । टेलिश्रृंखला ‘सर्खारको सर’ निर्माण भएको छ । राजनीतिक विकृति विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा परेका समस्याहरुलाई उजागर गर्ने उद्देश्यले निर्माण भएको श्रृंखला गर्ने उद्देश्यले विनयराज पौडेलले निर्देशन गरेका हुन् ।
दीपक आचार्य, रविन्द्र झा, सीपी पुडासैनी, लीला केसी, जगदिश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सविता खड्का, रमेश अधिकारी, बीरबल घले लगायतको अभिनय रहने श्रृंखलाका कार्यकारी निर्माता रघुनाथ सापकोटा हुन् ।
राजेन्द्र बजगाईंको संगीत रहेको श्रृंखला निर्माता सापकोटाले नै लेखेका हुन् । श्रृंखला आगामी सातादेखि प्रत्येक बुधवार राती ८ः ४५ बजे नेपाल नेटवर्क टेलिभिजनबाट प्रसारण हुने निर्माता सापकोटाले जानकारी दिए ।
श्रृंखलाको अहिले प्रोमो सार्वजनिक गरिएको छ । जसमा कलाकार दीपक आचार्य ‘काकु’, सीपी पुडासैनी ‘धतुरे’ र रविन्द्र झाको दमदार अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण