कलाकार दम्पतीको चित्रकला प्रदर्शनी
काठमाडौँ । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।
कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर समावेश गरेका छन् ।
इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यी दुई चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषयको रुपमा प्रस्तुत गरिएको छ । जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहकरुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ ।
यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को चित्र इन्टरफिउजन मा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आआफ्नो परिवेशअनुसारको हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ ।
इशानको अर्को चित्रमा काष्ठमण्डपलाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लिओनार्दो दा भिन्चीको पात्र मोनालिसालाई नेपाली ढाकाको पहिरनमा लक्ष्मीनारायणको मूर्ति विदेशबाट नेपालमा फिर्ता ल्याइएको सन्दर्भलाई मोनालिसाजस्तो बहुमूल्य कृतिजस्तै हाम्रो नेपालका मूर्ति पनि महत्वपूर्ण र मूल्यवान् छन् भनी देखाउन खोजिएको छ ।
त्यस्तै सविताको अर्को चित्रमा एक जोडीलाई सुगामा चढी उडिरहेको अवस्थामा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण