हत्या आरोपी छुटेको विरोधमा रौतहटमा प्रदर्शन

रौतहट । रौतटहटमा हत्या आरोपीलाई अदालतले धरौटीमा रिहा गरेको विरोधमा प्रदर्शन भएको छ । शनिबार एक महिलाको हत्या आरोपमा परेका आरोपीलाई छाडिएको विरोधमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मौलापुर घेराउ गरेका हुन् । मौलापुर नगरपालिका ९ की सुगन्धी देवी यादवको माघ २५ गते कुटपिटपछि मृत्यु भएको थियो ।
सुगन्धीदेवीमाथि खेतामा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी सुगन्धीदेवीलाई उपचार गर्न वीरगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदिलाल कामतीले बताए ।
उनको मृत्युलगत्तै प्रहरीले उनतराय यादव, मधानी देवी, कलावती देवी लगायतलाई पक्राउ गरेको थियो । तर मुख्य आरोपी भोलालाई भने प्रहरीले भारतको अठमोहनाबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि भोलासहित ३ जनालाई रिहा गरिएको छ ।
पीडित परिवारले हत्या आरोपी पनिलाल लगायतका अभियुक्तहरुलाई धरौटीमा छोडिएको भन्दै प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले पीडित परिवारसँग मृत्यु प्रकरणका विषयमा थप खोजविन गर्ने सहमति गरेपछि प्रदर्शन रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि