संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले पेश गर्नुपर्ने एमालेको माग
काठमाडौँ । नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री संसदमा स्वयंलाई प्रस्तुत गर्न रुलिङ माग गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद् सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोष्ट्रममा गएपछि एमाले सांसदहरुले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेकी हुन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको बेलामा अन्य मन्त्रीलाई किन लगाइयो भन्ने औचित्य पुष्टि गर्न माग गरे । उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसदको गरिमालाई अवहेलना गर्नु रहेको बताए । उनले सरकारले संसदमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ नदिएको भन्दै प्रधानमन्त्रीलाई यस बारेमा पनि जवाफ दिन सभामुखसमक्ष रुलिङ माग गरे ।
त्यस्तै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेश गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने बताए ।
सांसद भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक अर्को मन्त्रीलाई दिनुको औचित्य पुष्टि गर्न चुनौती दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण