शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीले साटे खुशी

बिहीबार, १७ फागुन २०७४, १५ : ०६
बिहीबार, १७ फागुन २०७४

सुर्खेत– होली पर्वको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका ज्येष्ठ नागरिकसँग खुशी साटासाट गरेका छन् । मुख्यमन्त्री शाहीले सुर्खेत वीरेन्द्रनगर नगरपालिकास्थित प्रशान्ति वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकसँग होली खोलेर खुशी साटेका हुन् । जीवनको उत्तरार्धमा पुगेका नागरिकको सुरक्षा तथा सम्मानार्थ आश्रम पुगेका मुख्यमन्त्री शाहीले त्यहाँ भएका ज्येष्ठ नागरिकलाई फलफूल, कम्बल र नगद वितरण गरेका थिए । 

“घरमा केही नभएका र कोही नभएका आमा बुबा राखिएको पवित्र संस्थामा आएर भेट्न पाउँदा खुशी लागेको छ । तपाईहरुको अधिकार तथा भौतिक सुरक्षाका लागि विशेष जोड दिनेछु,” उनले भने । 
मुख्यमन्त्री शाहीले ७० वर्ष माथिका पाँच आमा र पाँच बुबालाई प्रतिव्यक्ति रु एक हजार नगद र एक/एक वटा कम्बल वितरण गर्नुभएको प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शाही पनि आजबाट आश्रमद्वारा स्थापित अक्षयकोषमा रु पाँच हजार पाँच तिरेर आजीवन सदस्य बनेका छन् ।

 २०५४ सालमा स्थापना भएको आश्रममा हाल ५३० आजीवन सदस्य र रु ४५ लाख रकम अक्षयकोषमा जम्मा भएको अक्षयकोष स्थापना समितिका संयोजक भद्र भण्डारीले जानकारी दिए । उनका अनुसार आश्रममा दैलेख, सिन्धुपाल्चोक, कालीकोट, हुम्ला, जुम्ला, सुुर्खेत र अछामका गरी १० जना ज्येष्ठ नागरिक रहेका छन् । 

पाँच कट्ठामा जमिनमा आफ्नै आठ कोठे भवन र ३०० जना अट्ने क्षमताको भवन विकासका लागि प्रदेश सरकारमा माग पत्र पेश गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप