दूधमा ठगी
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले स्ट्यान्डर्ड दूध (नीलो पोका)को प्रतिलिटर ९७ रुपियाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर)को मूल्य ४८ रुपियाँ ५० पैसा तोकिएको छ तर उपभोक्ताले यसलाई ५० रुपियाँ तिर्नु परिरहेको छ ।
काठमाडौँ, बुद्धनगरकी कविता थापाले भनिन्, “डीडीसीको दूध गुणस्तरीय हुन्छ भनेर दिनमा दुई प्याकेट (एक लिटर) खरिद गर्छु । पसलेले एक सय रुपियाँ नै लिन्छन् ।” थापा त एक जना प्रतिनिधि मात्र हो । आम उपभोक्ता दूध खरिद गर्दा बढी पैसा तिर्न बाध्य छन् । डीडीसीले खुद्रा मूल्य पोकामा लेख्ने गरे पनि उपभोक्ता खुद्रा व्यापारीबाट ठगिने गरेका छन् । दूध वितरण गर्ने बुथले पनि खुद्रा मूल्य ५० नै लिने गरेको छ । खुद्रा बिक्रीमा उपभोक्ता ठगिने गरेका हुन् । उपत्यकामा एक हजार दुई सयवटा बुथबाट दूध वितरण हुने गर्छ । दूध वितरणका लागि बुथलाई डीडीसीले प्रतिलिटरमा पाँच रुपियाँ कमिसन दिने गर्छ तर बुथले समेत खुद्रा बिक्रीमा बढी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने
-
विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित
-
‘मलाई धेरै र व्यावसायिक फिल्म दिनुपर्ने दबाब छैन’
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण