कर्णाली प्रदेश : मन्त्रालयको नीति निर्माण गर्न सुझाव संकलन
सुर्खेत । कर्णाली प्रदेशमा कृषिमा अर्गानिक उत्पादनलाई जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । विहिवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको सुझाव संकलनका सहभागिले यस्तो बताएका हुन् । अर्गानिक फलफूल तरकारी, खाद्यान्न बालीमा जोड दिनु पर्ने बताए । यो प्रदेशमा कृषि क्षेत्रमा रासायनीक प्रविधि पूर्ण रुपमा बन्द गर्नुपर्ने बताएका छन् ।
रासायनिक प्रविधिले कृषि क्षेत्र र मानवको जनजिवनमा प्रत्यक्ष अप्रत्यक्षरुपमा असर गरेको भन्दै अव जैविक प्रक्रियाका लागि चाहिने आवश्यक पूर्वाधार लगाएतका काम अघि बढाउन प्रदेश मन्त्रालयलाई सुझाव दिएका छन् ।
मन्त्रालयले अव निर्माण गर्ने नीति निर्माणमा कर्णालीका कृषि योग्य जग्गालाई विशेष ख्याल गरेर पकेट क्षेत्र समेत बनाउन आग्रह गरे । खाद्ययका लागि कृषि अभियानका डा. कृष्ण पौडेलले स्थानिय स्रोत साधन मार्फत अव पाठ्यक्रम निर्माण गरेर अहिले बाट पढाई सुरु गर्न समेत आग्रह गरे । कर्णाली क्षेत्रमा शुस्म र अर्धशुस्म हावापानी भएकाले अर्गानिक उत्पादन पढाउन सकिने बताए । अवको काम भनेको कृषि पेशलाई फकर बाटोमा हिडाउनु पर्ने भन्दै नयाँ प्रविधि र स्थानिय विशेषताका आधारमा कृषि क्षेत्रको नीति निर्माण गर्न आग्रह गरे ।
त्यस्तै शिक्षा नीति तथा अध्ययन केन्द्रका टिका भट्टराईले पनि अर्गानिक उत्पादनले प्रदेशको गरिवीमा कमी ल्याउने बताए । जसका लागि पूण जैविक रुपमा खाना उपलब्ध गराउनुपर्ने बताए । अहिले हामिले प्रयोग गर्दै आएको खानाले मुख्य ठुलो रोग मुटुरोग, क्यान्सर, मृर्गाैलाले काम नगर्ने, रक्तचाप लगाएतका रोगबाट ग्रसित बन्नुपर्ने बताए । कर्णालीको क्षेत्रमा विशेष गरेर जुम्लामा ओखर, जैतुनका मुख्य कृषि उत्पादन बन्न सक्ने बताए । त्यस्तै बेडुलो, तिमीलो, सिमी, प्याजको बिउ बनाउन सकिने, चोतो, रामवास वा केतुकी लगाएतका कृषि उत्पादन बढाउन सकिने बताए ।
यसका लागि प्रदेश सरकारले दिर्घकालिन रणनीति बनाएर कृषि उत्पादनमा जोड दिनुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा सहभागि मन्त्रीहरुले समेत यो प्रदेशलाई अर्गानिक बनाउने अठोट समेत लिएका छन् । अन्य प्रदेश भन्दा पछि परेपनि यसलाई नमुनाका रुपमा विकास गर्न आफुहरु पछि नपर्ने बताए । कार्यक्रममा विभिन्न कृषि संग सम्बन्धित क्षेत्रका विज्ञ लगाएतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण