जाजरकोटमा ठूलो परिणामको हतियारसहित २ पक्राउ
बिहीबार, १७ फागुन २०७४, १८ : ४०
पूर्णबहादुर खड्का
सुर्खेत । जाजरकोट प्रहरीले ठुलो परिमाणमा हातहतियार बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ बाट प्रहरीले हातहतियार बरामद गरेको कर्णाली प्रदेश प्रहरीको कार्यालयले जनाएको हो ।
जुनिचाँदे गाउँपालिकाका चन्द्रबहादुर शाहीको घरमामा लुकाएर राखेको अवस्थामा प्रहरीले वारवोट २ थान, त्यसमा लाग्ने प्रयोग भएका ६ थान खोका, नपड्काएको ७ थान खोका, भरुवा बन्दुक ३ थान, दुइ नाले बन्दुक १ थान, इयर फिस्टेल गन १ थान, भरुवा बन्दुकको सिसाको गोली २६ थान, जंगली जनावरको छाला ३ थान, सिंह ११ थान र नङ्ग्रा १५ थान प्रहरीले बरामद गरेको हो ।
प्रहरीले उक्त हातहतियार राखिएको घरका मालिक चन्द्रबहादुर शाही र नेत्र शाहीलाई समेत पक्राउ गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण