रवि लामिछानेलाई भएभरको शक्ति लगाएर लखेटियो : नेता अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले आफ्नो सभापति रवि लामिछानेलाई लखेट्ने काम भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमाथि धारणा राख्दै उनले भने, ‘हाम्रा सभापति रविलाई भएभरको शक्ति लगाएर खेदियो । तर उहाँलाई चितवनका जनताले अघिल्लो पटकको भन्दा धेरै मतान्तरसहित फेरि विजयी बनाउने छन्।’ विषम परिस्थितिमा संसद्को रोष्टमबाटै साथ दिएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने धन्यवाद दिए ।
अर्यालले गुण र दोषका आधारमा समर्थन र विरोध रहने गरी प्रचण्ड नेतृत्वको सरकारलाई पुनः विश्वासको मत दिने बताए । ‘सरकारबाट बाहिरिए पनि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ,’ उनले भने, ‘हामीले बनाएको न्यूनतम साझा कार्यक्रममा हाम्रा मात्र होइन जनताका विषय छ । त्यसको सम्बोधन हुने विश्वासका साथ सरकारलाई विश्वासको दिँदैछौं ।’
उनले आफूहरू कर्मयोगी भएको भन्दै काम गर्ने अवसर मात्र चाहिएको बताए । यस्तै उनले संसदमा गरिएको प्रश्नका एक एक जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने अर्यालको भनाइ छ । ‘सरकारलाई आम जनताप्रति उत्तरदायी बनाउनुपर्छ । सदनका बहस र क्रियाकलापहरू जनताले आशा र भरोसा हेर्न लायक बनाउपर्ने उनले बताए ।
विदेशमा बसेका नागरिकको सुझाव लिने गरी डिजिटल डेमोक्रिशीतर्फको भविष्य तय गर्नुपर्ने उनको भनाइ छ । संसद सचिवालयले संसद्को काम कारबाहीमा जनतालाई जोड्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण