सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा हास्यव्यङ्ग्यको अभाव छ : निर्देशक प्रदीप भट्टराई

मङ्गलबार, ०७ चैत २०७९, ११ : ४२
मङ्गलबार, ०७ चैत २०७९

 काठमाडौँ । निर्देशक प्रदीप भट्टराईले हास्यव्यङ्ग्य फिल्म अभाव अझै पनि रहेको बताएका छन् । समाजमा विकृति विसङ्गती धेरै बढ्नुले यो बिधाको माग बढेको उनको धारणा छ । सोमबार साँझ सकिएको छैटौँ निफमा समापन अगाडि ‘हास्यव्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ माथि बहस भयो । जसमा निर्देशक प्रदीपले पछिल्लो समय हास्यव्यङ्ग्य फिल्म बढ्नु बजारको डिमान्ड भएको बताए ।

‘बजारमा जुन चिजको माग छ, बजारमा त्यो चिजको अभाव छ भन्ने बुझिन्छ’ उनले भने ‘अहिले हास्य व्यङ्ग्यको माग छ । सायद यही कारण यस विधाका फिल्म चलेका हुन् ।’ पहिले फिल्ममा हास्यव्यङ्ग्य क्वाटिमा मास र मस्याङ मिसाए जस्तो भए पनि अहिले हास्यव्यङ्ग्य नै क्वाटि जस्तो भएको धारणा राखे । 
हास्यव्यङ्ग्य फिल्मले पुरै फिल्मी धरातल भने उठाउन नसकेको उनको धारणा थियो । अहिले हास्यव्यङ्ग्य फिल्म बक्स अफिसमा माथि छन् । फिल्म उठे तर फिल्मको धरातल उठ्यो कि उठेन ? भन्ने चाहिँ मूल प्रश्न हो’, उनले थपे । 

उनले  हास्य विधामा फिल्म ‘जात्रा’, ‘जात्रै जात्रै’, ‘शत्रु गते’ र ‘महापुरुष’ निर्देशन गरेका थिए । उनी निर्देशित ४ वटै फिल्म बक्स अफिसमा सफल मानिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप