बजारमा हास्यव्यङ्ग्यको अभाव छ : निर्देशक प्रदीप भट्टराई
काठमाडौँ । निर्देशक प्रदीप भट्टराईले हास्यव्यङ्ग्य फिल्म अभाव अझै पनि रहेको बताएका छन् । समाजमा विकृति विसङ्गती धेरै बढ्नुले यो बिधाको माग बढेको उनको धारणा छ । सोमबार साँझ सकिएको छैटौँ निफमा समापन अगाडि ‘हास्यव्यङ्ग्यले हौसिएको नेपाली सिनेमा’ माथि बहस भयो । जसमा निर्देशक प्रदीपले पछिल्लो समय हास्यव्यङ्ग्य फिल्म बढ्नु बजारको डिमान्ड भएको बताए ।
‘बजारमा जुन चिजको माग छ, बजारमा त्यो चिजको अभाव छ भन्ने बुझिन्छ’ उनले भने ‘अहिले हास्य व्यङ्ग्यको माग छ । सायद यही कारण यस विधाका फिल्म चलेका हुन् ।’ पहिले फिल्ममा हास्यव्यङ्ग्य क्वाटिमा मास र मस्याङ मिसाए जस्तो भए पनि अहिले हास्यव्यङ्ग्य नै क्वाटि जस्तो भएको धारणा राखे ।
हास्यव्यङ्ग्य फिल्मले पुरै फिल्मी धरातल भने उठाउन नसकेको उनको धारणा थियो । अहिले हास्यव्यङ्ग्य फिल्म बक्स अफिसमा माथि छन् । फिल्म उठे तर फिल्मको धरातल उठ्यो कि उठेन ? भन्ने चाहिँ मूल प्रश्न हो’, उनले थपे ।
उनले हास्य विधामा फिल्म ‘जात्रा’, ‘जात्रै जात्रै’, ‘शत्रु गते’ र ‘महापुरुष’ निर्देशन गरेका थिए । उनी निर्देशित ४ वटै फिल्म बक्स अफिसमा सफल मानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण