एकै घरमा भेटियो नौ थान हतियार
जाजरकोट-यहाँको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरी तीन थान तथा गोली बरामद गरिएको हो ।
शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताए ।
उनका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ । प्रहरीका अनुसार आठ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा, दुई केजी बारुद र जंगली जनावरको छाला तीन थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ ।
शाहीका बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण