सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो । वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो ।
समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले बताए । त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधिन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुराहरुलाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताए ।
उनले भने ‘विशेष गरेर दुईवटा नयाँ पुस्तकालय भवन निर्माण हुँदैछ । त्यसका विषयमा छलफलहरु हामीले पहिलापनि गर्दै आएको हो । र निर्देशन पनि दिइराखेका थियौँ । र त्यहाँ केही विषयहरु मिलेको छैन भनेर भनिएको थियो । त्यो मिलाउनका निमित्त केही नयाँ ढंगले निर्णय पनि भएको रहेछ, व्यवस्थापन भएको रहेछ । आजपनि परिमार्जित गर्न सकिने विषयहरुलाई परिमार्जित गर्नका निमित्त फेरि पनि निर्देशन दिने निर्णय भएको छ । र अर्कोतिर हामीले पुरानो संसद भवन सिंहदरबारभित्रको २०१६ सालमा निर्माण भएको सिंहदरबार भित्रको पुरानो भवन भूकम्पका कारणले केही क्षति भएको छ । यसलाई फेरी पुनर्निमाण होइनकि रेट्रोफिट गरेर फेरि एउटा भवनलाई बचाउनको निमित्त सबैसँग छलफल गरिराखेका छौँ । यो समितिले शहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवज्यूहरुलाई बोलाएर उहाँहरुलाई यही निर्देशन दिएका छौँ ।’
बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यहरुले पुस्तकालय लगायत संघीय संसदका भवनहरु समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण