बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘लिला’मा मनिला किन भइन् राजको लागि साच्चै विशेष ?

सोमबार, १९ असार २०७४, १५ : ४२
सोमबार, १९ असार २०७४

काठमाडौं – अभिनेता राज कटुवालका लागि अभिनेत्री मलिना जोशी बिषेश भएकी छन् । सायद त्यसैले पनि होला राजले मलिनाको सौदर्यको बर्णन गर्दै साच्चै बिषेश रहेको बर्णन गरेका छन् । 


राजले मलिनाको सौदर्यको बर्णन चलचित्र ‘लिला’को गीतमा गरेका हुन् । बर्ष ७४को प्रतिक्षित मानिएको ‘लिला’ दोस्रो गीत ‘साच्चै बिषेश छौ ’ सार्वजनिक भएको छ । गायक उदित नारायण झाको स्वर रहेको गीतमा शब्द डा.कृष्णहरी बराल र संगीत बसन्त सापकोटाको छ ।


गीत अभिनेत्री मलिना जोशी र राज कटुवाल माथी फिचरिङ गरिएको छ । रोमान्टिक शैलीको गीत लोकेसन पनि आकर्षक नै छ । 


चलचित्रको केही पहिले सार्वजनिक ‘ढाको चोली, ढाकाकै पटुकी...’ बोलको गीत दर्शकले रुचाइ सकेका छन् । 


सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । 
कलाकार सिपी पौडेल यसका कार्यकारी निर्माता हुन्, भने लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रको लेखन लक्ष्मण बस्नेतले नै गरेका हुन् । 


हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको चलचित्र ‘लिला’ प्रेम, एक्सन, सस्बेन्स लगायत बिषयले भरिपुर्ण चलचित्र भएको प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए ।


चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।


चलचित्र ३० भदौमा रिलिज हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप