शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुर्खेतमा दुर्लभ बन्यजन्तु सालक फेला

शुक्रबार, १८ फागुन २०७४, १३ : ३८
शुक्रबार, १८ फागुन २०७४

पूर्णबहादुर खड्का
 

सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले दुर्लव बन्यजन्तु सालक फेला पारेको छ ।

बिहिबार साँझ वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ डाँडा गाउँबाट फेला परेको सालकलाई कार्यालयले उद्धार गरेर कार्यालयमा राखेको थियो ।

उक्त सालक ४० इन्च लम्बाई र २० इन्च गोलाई भएको करिब १० किलोकोे सालक फेला पारेको जिल्ला वन अधिकृत हेमराज विष्टले जानकारी दिए । 

सालकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी भएको अधिकृत विष्टल बताए । सालक भेटिएकै ठाउँमा छोड्दा संरक्षण नहुने र सालकलाई खतरा हुने भएकाले राष्ट्रिय निकुञ्जमा छोड्न लागिएको उनले बताए । सुर्खेतमा ८ महिना अघि पनि एउटा सालक फेला परेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप