साफ यु १७ : आज नेपाल र रुस भिड्दै
आइतबार, १२ चैत २०७९, ०९ : ०८
काठमाडौँ । साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रुससँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट सुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अङ्क जोडेर चौथो स्थानमा छ ।
यसअघिको खेलमा नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५—० ले हराएको थियो । प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण