शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

आइतबार, १२ चैत २०७९, ११ : १२
आइतबार, १२ चैत २०७९

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै गत साताको शुक्रबारको तुलनामा घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ७०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप