बैंकिङ कसुरमा दुई वर्ष कैद सजाय तोकिएकी पार्वती महर्जन पक्राउ
सोमबार, १३ चैत २०७९, ११ : ३४

काठमाडौं । बैंकिङ कसुुर मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका–६ घर भएकी पार्वती महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
४२ वर्षीया महर्जनलाई अदालतले २ वर्षक कैद २१ लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार उनलाई दक्षिणकालीबाट पक्राउ गरिएको डीएसपी भट्टले जानकारी दिए । नारायण धिताललाई उनले दिएको २१ लाख ४० हजारको चेक बाउन्स भएपछि मुद्दा दायर गरिएको थियो । पार्वतीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा