चितवनमा तोरीको उत्पादन बढ्यो

जिल्लामा तोरीको उत्पादन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा तोरी खेती गर्ने जमिनका क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा वृद्धि भएको हो ।
केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा १९ हजार एक सय आठ मेट्रिक टन तोरी उत्पादन छ । आव २०७७/०७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकोमा १२ हजार दुई सय १८ मेट्रिक अटन तोरी उत्पादन भएको थियो । आव २०७८/०७९ मा १३ हजार दुई सय ७० क्षेत्रफलमा तोरीखेती गरिएकोमा १४ हजार आठ सय ६२ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
तीन वर्षको तथ्याङ्कलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ । चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको पुनले जानकारी दिए । तोरी खेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान तोरी खेतीतर्फ आकर्षित भएको पुनले बताए ।
चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विपरीत सिद्धान्तका दलहरू मिल्नु राजनीति होइन, विकृति हो’
-
खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
-
मलामी जाँदै गरेका एक जनाको सडक दुर्घटनामा मृत्यु