शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

बिहीबार, ०१ जेठ २०८२, ०९ : १२
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । प्रहरीले रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ छन् ।

आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए । 

१ हजार र ५ सयको नोट सहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप