बलिउड यी सुपरस्टार–जसले सुरु गरेका थिए फ्लप फिल्मबाट करियर
मुम्बई । बलिउडमा यस्ता धेरै स्टार छन्, जसले अभिनयको बलमा लामो समयदेखि फिल्म उद्योगमा राज गरिरहेका छन् । तीमध्ये कतिपय कलाकार यस्ता पनि छन्, जसको सुरुवाती फिल्म सुपर फ्लप भएको थियो । अहिले चर्चा ती ४ सुपरस्टारका गर्न खोजिएको छ जसको डेब्यु फिल्म फ्लप थियो ।
सलमान खान
सलमान खान बलिउडका सुपरस्टार हुन । अहिले उनको हरेक फिल्मले बक्स अफिसमा सय करोड बढी व्यापार गर्छ । यद्यपि दबंगको नामबाट समेत चिनिने खानको डेब्यू फिल्म ‘बीबी हो तो ऐसी’ फ्लप भएको थियो । फिल्ममा उनीसँगै रेखा पनि थिइन् ।
अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमारलाई एक्सन हिरोको रूपमा चिनिन्छ । उनले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । उनको बलिउड डेब्यु फिल्म ‘सौगन्ध’ थियो । जुन फ्लप साबित भएको थियो ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनको पनि पहिलो फिल्म फ्लप भएको थियो । उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । लामो समयदेखि बलिउडमा रहेका उनले धेरै सुपर हिट फिल्म दिएका छन् । अमिताभ ८० वर्षका भइसकेका छन्, तर अझै पनि फिल्ममा सक्रिय छन् ।
रणवीर कपुर
बलिउडका चर्चित ह्यान्डसम अभिनेता रणबीर कपुर पछिल्लो समय व्यस्त पनि छन् । हालै उनको फिल्म ‘तु झुठी मै मक्कार’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । रणवीरको डेब्यू फिल्म सावरिया नराम्ररी फ्लप भएको थियो । फिल्ममा उनीसँगै सोनम कपुर र रानी मुखर्जीको पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण