बलिउड यी सुपरस्टार–जसले सुरु गरेका थिए फ्लप फिल्मबाट करियर

मुम्बई । बलिउडमा यस्ता धेरै स्टार छन्, जसले अभिनयको बलमा लामो समयदेखि फिल्म उद्योगमा राज गरिरहेका छन् । तीमध्ये कतिपय कलाकार यस्ता पनि छन्, जसको सुरुवाती फिल्म सुपर फ्लप भएको थियो । अहिले चर्चा ती ४ सुपरस्टारका गर्न खोजिएको छ जसको डेब्यु फिल्म फ्लप थियो ।
सलमान खान
सलमान खान बलिउडका सुपरस्टार हुन । अहिले उनको हरेक फिल्मले बक्स अफिसमा सय करोड बढी व्यापार गर्छ । यद्यपि दबंगको नामबाट समेत चिनिने खानको डेब्यू फिल्म ‘बीबी हो तो ऐसी’ फ्लप भएको थियो । फिल्ममा उनीसँगै रेखा पनि थिइन् ।
अक्षय कुमार
बलिउड अभिनेता अक्षय कुमारलाई एक्सन हिरोको रूपमा चिनिन्छ । उनले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । उनको बलिउड डेब्यु फिल्म ‘सौगन्ध’ थियो । जुन फ्लप साबित भएको थियो ।
अमिताभ बच्चन
बलिउडका महानायक अमिताभ बच्चनको पनि पहिलो फिल्म फ्लप भएको थियो । उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । लामो समयदेखि बलिउडमा रहेका उनले धेरै सुपर हिट फिल्म दिएका छन् । अमिताभ ८० वर्षका भइसकेका छन्, तर अझै पनि फिल्ममा सक्रिय छन् ।
रणवीर कपुर
बलिउडका चर्चित ह्यान्डसम अभिनेता रणबीर कपुर पछिल्लो समय व्यस्त पनि छन् । हालै उनको फिल्म ‘तु झुठी मै मक्कार’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ । रणवीरको डेब्यू फिल्म सावरिया नराम्ररी फ्लप भएको थियो । फिल्ममा उनीसँगै सोनम कपुर र रानी मुखर्जीको पनि रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज