एमालेलाई भित्तामा पुर्याउँछु भन्नेहरू आफै कुनामा पुगे : पोखरेल
रौतहट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई भित्तामा पुर्याउँछौ भन्नेहरू अहिले आफै कुनामा पुगेको दाबी गरेका छन् । रौतहटको सदरमुकाम गौरमा आयोजित मिसन ग्रास रुट अभियान अन्तरगत जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू तर्फ सङ्केत गर्दै आफ्नो हैसियत नहेरी एमालेलाई भित्ता पुर्याउने दिवा सपना देखेको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता पोखरेलले एमालेप्रति जनताको माया र विश्वासको आधारमा समानुपातिक मततर्फ एमाले देशकै पहिलो पार्टी भएको स्पष्ट पारे। अब आउने निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने गरी काम गरिरहेको उनले बताए । मिसन ग्रास रुटको मुख्य उद्देश्य तल्लो तहका कार्यकर्ताहरूको समस्याको समाधान र पार्टीलाई तल देखि नै बलियो बनाउनु रहेको उनको भनाई छ।
कार्यक्रममा केन्द्रीय कमिटी तथा प्रदेशका इन्चार्ज सचिव रघुवीर महासेठले नेकपा एमाले पार्टीलाई सालको रुखको संज्ञा दिए ।महासेठले मिसन ग्रास रुट कार्यक्रमले पार्टी झन् बलियो बन्दै गएको बताए । एमाले पार्टी सबैको पार्टी भएकै कारण मधेसमा एमाले पहिलो पार्टी बनेको सचिव महासेठको भनाई रहेको थियो ।
सोही अवसरमा नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका युवा नेता बाबुराम दाहालले नेकपा एसका अध्यक्ष माधव नेपालसहित सम्पूर्ण नेताहरूलाई एमालेमै आउन आग्रह गरे । दाहाल गत स्थानीय तहको निर्वाचनमा नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुखका उम्मेदवार थिए । उनीसँगै अन्य नेता कार्यकर्तालाई वरिष्ठ उपाध्यक्ष पोखरेलले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण