जनकपुरमा चैत १३ गतेदेखि मेयरकप हुँदै, विजेता टिमलाई २ लाख ५१ हजार पुरस्कार

जनकपुरधाम । जनकपुरधाममा चैत २३ गते देखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता मेयरकप २०७९ हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लाको टिमहरूसहित कुल १२ टिमहरूको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा मेयरकप हुन लागेको हो ।
प्रतियोगिता उपमहानगरपालिका १४ स्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना हुने जनाइएको छ । कुल ३७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्य रहेको जनाइएको छ । लिग चरणमा खेलाइने कुल १० खेलहरू दैनिक एक एक गरी १० दिनसम्म चल्नेछ । चैत २३ गते विश्व खेल दिवस परेकाले सोही दिन प्रतियोगिताको उद्घाटन गरिनेछ ।
अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोत्तरीका मेयर तथा सांसदविरुद्ध पत्रकारहरूको मैत्रीपूर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर मनोज कुमार साहले बताए । प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले जानकारी ।
उनले प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहित आकर्षक ट्रफी जित्ने बताए । त्यसैगरि म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले क्रमशः दश/दश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ ।
मधेसको आठ जिल्लाको आठ टिम र अन्य प्रदेशहरू कोशी, बागमती, गण्डकी र लुम्बिनीको टिमहरूको सहभागिता रहने अध्यक्ष पाण्डेले बताए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
ऋतिकदेखि आमिरले अस्वीकार गरेको त्यो फिल्म जसले सैफलाई राष्ट्रिय पुरस्कार दिलायो
-
आर्थिक अपराध अनुसन्धान गर्न सीआईबीमा छुट्टै महाशाखा