आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित

आइतबार, ०४ जेठ २०८२, १३ : ४४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • पोखरा उच्च अदालतमा सहकारी ठगी मुद्दाको सुनुवाइ स्थगित भएको छ, किनकि रवि लामिछाने र छविलाल जोशीलाई पेसीको जानकारी दिने पत्रमा हस्ताक्षर थिएन।
  • रुपन्देही कारागार कार्यालयले हस्ताक्षर नभएको जानकारी गराएपछि अदालतले सुनुवाइ स्थगित गरेको हो, र कारण खुलाउन कारागारलाई पत्र लेख्न आदेश दिएको छ।
  • अदालतले सहकारी ठगीसम्बन्धी मुद्दाका कागजातहरू झिकाउन आदेश दिएको छ, जसमा २०८० र २०८१ सालका मुद्दाहरू समावेश छन्।

पोखरा । सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित भएको छ । 

उच्च अदातलले पेसीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई पत्र लेखेको थियो । तर, कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको उल्लेख गरेको थियो । सोही पत्रका आधारमा उच्च अदालतले आजको पेसी स्थगित गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधिश रत्नबहादुर बागचन्द र न्यायाधिश मिलन राईको संयुक्त इजलाशले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न भने आदेश दिएको छ । 

उक्त पत्रमा पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको वा अन्य कारण हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदन सहितको जानकारी गराउन समेत अदालतले आदेश दिएको छ । 

योसँगै अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्र सहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप