पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
सारांश
- पोखरा उच्च अदालतमा सहकारी ठगी मुद्दाको सुनुवाइ स्थगित भएको छ, किनकि रवि लामिछाने र छविलाल जोशीलाई पेसीको जानकारी दिने पत्रमा हस्ताक्षर थिएन।
- रुपन्देही कारागार कार्यालयले हस्ताक्षर नभएको जानकारी गराएपछि अदालतले सुनुवाइ स्थगित गरेको हो, र कारण खुलाउन कारागारलाई पत्र लेख्न आदेश दिएको छ।
- अदालतले सहकारी ठगीसम्बन्धी मुद्दाका कागजातहरू झिकाउन आदेश दिएको छ, जसमा २०८० र २०८१ सालका मुद्दाहरू समावेश छन्।
पोखरा । सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित भएको छ ।
उच्च अदातलले पेसीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई पत्र लेखेको थियो । तर, कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको उल्लेख गरेको थियो । सोही पत्रका आधारमा उच्च अदालतले आजको पेसी स्थगित गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधिश रत्नबहादुर बागचन्द र न्यायाधिश मिलन राईको संयुक्त इजलाशले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न भने आदेश दिएको छ ।
उक्त पत्रमा पेसीको जानकारी गराइएको पत्र बुझ्न इन्कार गरेको वा अन्य कारण हस्ताक्षर नभएको हो ? सोही व्यहोराको प्रतिवेदन सहितको जानकारी गराउन समेत अदालतले आदेश दिएको छ ।
योसँगै अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्र सहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण