बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू
मकवानपुर । बागमती प्रदेशमा सभामा प्रतिनिधित्व गर्ने ७ दल सम्मिलित बैठक सुरू भएको छ । आइतबारका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले आह्वान गरेको सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा सुरू भएको हो ।
जेठ ५ गते बिहान ११ बजेका लागि बोलाएको प्रदेशसभा बैठक सञ्चालनार्थ सर्वदलीय बैठक बसेको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ७ मध्ये ५ दल सहभागी छन् । नेपाल मजदुर पार्टी र हाम्रो नेपाली पार्टी सर्वदलीय बैठकमा सहभागी छैनन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा सञ्चालनको विषयहरू टुङ्ग्याउन एवं सत्तापक्ष र प्रतिपक्ष बिचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो ।
हिउँदे अधिवेशन सञ्चालनमा बाधा पुर्याएको, विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न बैठक बसेको हो ।
बैठकले प्रदेशसभाको ५ वैशाखमा बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण