शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुरासाओविरुद्ध मेस्सीको ह्याट्रिक

बुधबार, १५ चैत २०७९, ०९ : ३१
बुधबार, १५ चैत २०७९

ब्युनोस आयर्स । कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले मैत्रिपूर्ण खेलमा कुरासाओविरुद्ध गोल वर्षा गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना ७–० को विशाल अन्तरले विजयी बन्यो ।

खेलमा मेस्सीले २० औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । निकोलास गोन्जालेजले तीन मिनेटपछि नै टोलीको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा मेस्सीले अर्को गोल थपे भने त्यसको दुई मिनेटपछि एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता फराकिलो बनाए । ३७ औँ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै स्कोर ५–० बनाए ।

दोस्रो हाफको अन्त्यतिर एंखेल डि मारिया र गोन्जालो मोन्टिएलले एक–एक गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । खेल अवधिभर अर्जेन्टिना खेलमा हाबी बनेको थियो । टोलीले विपक्षीको पोस्टमा १७ पटक प्रहार गर्दा कुरासाओले एकपटक पनि लक्ष्यमा प्रहार गर्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप