कुरासाओविरुद्ध मेस्सीको ह्याट्रिक
बुधबार, १५ चैत २०७९, ०९ : ३१
ब्युनोस आयर्स । कप्तान लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले मैत्रिपूर्ण खेलमा कुरासाओविरुद्ध गोल वर्षा गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना ७–० को विशाल अन्तरले विजयी बन्यो ।
खेलमा मेस्सीले २० औँ मिनेटमा टोलीलाई अग्रता दिलाए । निकोलास गोन्जालेजले तीन मिनेटपछि नै टोलीको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा मेस्सीले अर्को गोल थपे भने त्यसको दुई मिनेटपछि एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता फराकिलो बनाए । ३७ औँ मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै स्कोर ५–० बनाए ।
दोस्रो हाफको अन्त्यतिर एंखेल डि मारिया र गोन्जालो मोन्टिएलले एक–एक गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । खेल अवधिभर अर्जेन्टिना खेलमा हाबी बनेको थियो । टोलीले विपक्षीको पोस्टमा १७ पटक प्रहार गर्दा कुरासाओले एकपटक पनि लक्ष्यमा प्रहार गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण