सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर बजार सामान्य अङ्कले बढेको छ । कारोबार समयदेखि घट्न थाले पनि अन्तिम समयमा सामान्य सुधार हुँदै १.०२ अंकको वृद्धिसँगै नेप्से परिसूचक बन्द भएको हो ।
०.०५ प्रतिशत बढेसँगै नेप्से परिसूचक १९१९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि, नेप्सेमा एक अर्ब रुपैयाँभन्दा धेरैको कारोबार हुँदै आएको थियो ।
नेप्से सामान्य अङ्कले बढ्दा १५ वटा कम्पनीको सेयर स्थिर रहेको छ । यस्तै, ११४ वटा कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक १ अङ्कले बढ्दा ५ वटा समूहको सेयर मूल्यमा सुधार आएको छ । यसबाहेक, अन्य सबै समूह घटेका छन् ।
आज सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै ५२० रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर मूल्य आजै ४७ रुपैयाँले बढेको हो । यस्तै कालिञ्चोक दर्शनको सेयर मूल्य समेत ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८२ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण