लगानीकर्तालाई हमालको प्रतिउत्तर-घर बलियो हुन जग बलियो हुनपर्छ

काठमाडौँ । धितोपत्र बजारका असन्तुष्ट लगानीकर्ताहरुलाई परिस्थिति बुझ्न नियामक धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आग्रह गरेका छन् । बजारको स्थायित्व, उत्साह आफूहरूको पनि चाहना हुँदाहुँदै पनि आर्थिक समस्याका कारण प्रभावित हुन पुगेको बताए ।
यद्यपि, वातावरण सहज हुनेवितिकै धितोपत्र बजारले पनि कोल्टे फेर्ने अध्यक्ष हमालले आश्वासन दिए । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै धितोपत्र लगानीकर्ताहरुले सरकारी गलत नीतिकै कारण दुर्गति भोग्नु परेको बताए । बैंकको चर्को ब्याजदर, राष्ट्र बैंकको १२ करोडको सेयर धितो कर्जा (मार्जिन लेण्डिङ) लगायतका नीतिले सेयर बजारले अनपेक्षित गिरावट भोग्नु परेको विश्लेषक छोटेलाल रौनियारले बताए ।
मुलुकको वार्षिक बजेटको दोब्बर पुँजी पुगिसकेको, जिडिपीको हाराहारी पुगिसकेको सेयर बजारलाई सरकारले नजरअन्दाज गर्न नमिल्ने रौनियारले बताए ।
सोही सन्दर्भमा उनले नियामक धितोपत्र बोर्डले नीति, नियम, ऐन निर्माणमा समेत बजारमुखी रणनीति लिन नसकेको आरोप लगाए ।
प्रतिउत्तरमा बोर्डका अध्यक्ष हमालले कुनै पनि नीतिले सबैको माग सम्बोधन गर्न नसक्ने बताए ।
'संसारको कुनै मुलुक यस्तो छैन जहाँ एउटै नीतिले सम्पूर्णको माग सम्बोधन गरेको । कुनैपनि नीतिले सतप्रतिशतको माग सम्बोधन गर्न सक्दैन र सन्तुष्टि दिन सक्दैन' अध्यक्ष हमालले भने, 'भरसक धेरै भन्दा धेरैलाई समेट्ने गरी नीति बनाउने हो ।'
यसैलाई मध्ये नजर गर्दै आफू बोर्डमा आएको सुरुवाती दिनमै ब्रोकर लाइसेन्समा खुल्ला नीति लिइएको बताए । 'धितोपत्र बजार बलियो हुन ब्रोकर कम्पनीहरु बलियो हुनपर्छ । यसका लागि प्राप्त पुँजीको आवश्यक पर्छ । त्यसैले पुँजी तोकर ब्रोकर लाइसेन्सका लागि खुला नीति लिइएको हो' उनले भने ।
सोही अवसरमा अध्यक्ष हमालले जग बलियो नभई घर बलियो नबन्ने उल्लेख गर्दै वास्तविक सेयर बजारको आधार बनाउन लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा