यी हुन् टेरामक्स घोटालामा मुद्दा दायर भएका १६ प्रतिवादी
सारांश
- अख्तियारले टेरामक्स घोटालामा संलग्न १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेत र दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा विरुद्ध मुद्दा दायर।
- तत्कालीन मन्त्री बस्नेतले क्षेत्राधिकार बाहिर गई निर्णय गरेको र प्राधिकरणका पदाधिकारीहरूले मिलेमतो गरेको आरोप।
- उनीहरूविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा संलग्न भएको आरोपसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो ।
तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ ।
मुद्दा दायर भएका अन्यमा प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल रहेका छन् ।
उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण