चिनियाँ पर्यटक मृत फेला
बुधबार, १५ चैत २०७९, १९ : ४३

पोखरा । भीरबाट खसेर चिनियाँ पर्यटक मृत भेटिएका छन् । पथ पर्यटनको क्रममा मनाङको नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भिरबाट लडेर ‘झाङ जी’को मृत्यु भएको गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शारदाप्रशाद चौधरीले बताए ।
प्रहरीका अनुसार ती पर्यटक खोत्रो भीरबाट २ सय मिटर तल खसेका थिए । घटना लगत्तै नेपाल प्रहरी, स्थानीय नागरिकको सहयोगमा उद्धार गरेको थियो ।
मर्स्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिँड्ने क्रममा ‘जी’ बाटोबाट तल खसेका थिए । दुर्घटना हुनसाथ जिल्ला प्रहरी कार्यालय मनाङ चामेबाट खटिएको प्रहरी टोलीले उद्धार गरी प्राथमिक उपचार गरेको थियो ।
घाइते जीको स्वास्थ्य अवस्था गम्भीर भएकाले उपचारको लागि लमजुङको बेसिशहर ल्याइएपनि बुधबार मृत्यु भएको उपरीक्षक चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि