राष्ट्रिय वाणिज्य बैङ्कद्वारा नेपाल प्रहरीलाई सिएसआर अन्तर्गत आर्थिक सहयोग
बुधबार, १५ चैत २०७९, २१ : ३६
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्तर्गत नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरलाइ सो रकम वराबरको चेक बुधबार हस्तान्तरण गरेका हुन् ।
नेपाल प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरु शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेलकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलता सम्बन्धी कार्यका लागि आर्थिक सहयोग गरिएको हो ।
कार्यकममा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापा, शाखा कार्यालय नक्सालका प्रबन्धक माधव खतिवडा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण