दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुन्छ : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई हप्ताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको समस्या समाधान हुने आश्वासन दिएका छन् ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको एक वा दुई हप्तामा समस्या समाधान हुने आश्वासन दिएका हुन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवामा निर्माण सुरु गरिए पनि पछि ऋणको भार बढ्दै गएपछि फाउन्डेसनले भरतपुर महानगरलाई जिम्मा लगाएको थियो । महानगर प्रमुख रेणु दाहाल हुन् । उनी प्रधानमन्त्री प्रचण्डकी पुत्री हुन् ।
बिहीबार महानगर प्रमुख रेणुसमेत सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रङ्गशालाको समस्या समाधान गरेर निर्माण प्रक्रिया अघि बढाउने वचन दिएका हुन् ।
उक्त रङ्गशाला निर्माणका क्रममा सामान ल्याएको उधारो र ऋण करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनले बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण