आज कुन देशको मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विहिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
त्यस्तै, केन्द्रीय बैङ्कले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३२ पैसा र बिक्रीदर नौ रूपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९० पैसा र बिक्रीदर १८ रूपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५१ पैसा तोकेको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८७ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७४ पैसा र बिक्रीदर नौ रूपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १४ रूपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ४८ पैसा र बिक्रीदर २० रूपैयाँ ५७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४४ पैसा र बिक्रीदर १७ रूपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ८७ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ७३ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १९ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण