शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम”

शनिबार, १९ फागुन २०७४, १३ : २७
शनिबार, १९ फागुन २०७४

सुर्खेत - कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ । 
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । 

सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको विकास र प्रगति नहुने बताउनुभयो । 

उहाँले यो प्रदेशले आफ्नो समृद्धिका लागि सुरक्षा अभियान अघि बढाएको छ, नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नुभयो । उहाँले हरेकलाई आफैभित्रबाट सोंच, बानी र संस्कार बदल्न आग्रह गर्नुभयो । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको लागि शान्ति सुरक्षा कायम गरेर कर्णाली प्रदेशलाई देशको नमूना प्रदेश बनाउने बताउनुभयो । 

कर्णाली प्रदेशका ग्रामीण भेकमा रहेका ज्येष्ठ नागरिक, असक्त, असाहय र पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि घरमै पुगेर शान्ति सुरक्षाको सेवा दिने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो । उहाँकाअनुसार डिजिटल प्रदेश निर्माणका लागि प्रविधिसँग सुरक्षालाई जोडेर आजबाट यो प्रदेशका २१५ वटै प्रहरी इकाइमा एकैपटक “सडक सुरक्षा कार्यक्रम” शुभारम्भ गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप