शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'

शनिबार, १८ चैत २०७९, १० : ३१
शनिबार, १८ चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरव्याजी समस्या समाधान गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । आज बालुवाटारमा मिटरब्याज पीडितसँगको छलफलको क्रममा उनले यो समस्याको समाधान जटिल रहेपछि किनार लाएरै छोड्ने बताए । 

मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न ऐन नै बाधक बनेको  भन्दै प्रचण्डले त्यो ऐन सच्याउने कार्य सुरु भइसकेको बताए । 'तपाईँहरूलाई न्याय दिन हामीले ऐन संशोधनको प्रक्रिया सुरु गरिसकेका छौँ । त्यो ऐनलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्नेबारे तपाईँहरूको सुझावको अपेक्षा गरेको छु', पीडितसँग प्रचण्डले भने । 

meterbyaji

प्रचण्डले यो समस्या समाधान गर्न सजिलो होस् भनेरै गृह मन्त्रालय माओवादी केन्द्रसँगै राखेको दाबी गरे । गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि मिटरब्याजी समस्या समाधानको लागि गम्भीर रहेको भन्दै प्रचण्डले सरकारको पहिलो प्राथमिकतामा नै पीडितको न्याय रहेको बताए । 

साहुकारहरूको राज्यका विभिन्न अङ्ग र कर्मचारीसँग सेटिङ हुने गरेको पाएको  भन्दै प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई ऐनमार्फत कानुनी कठघरामा ल्याइने बताए ।

'एउटा उच्चस्तरीय आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गठन गरेको छ । त्यसलाई सिँधै फिल्डमा गएर कारबाही गर्न सक्ने अधिकार सम्पन्न बनाइएको छ '  प्रचण्डले भने 'तपाईँहरूले अघि सार्नुभएको ६ बुँदे माग यो आयोगले पूरा गर्नेछ ।' 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप