भारतीय राज्यमन्त्री आठवले नेपाल भ्रमणमा आउने
काठमाडौँ । भारतका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । रिपब्लिकन फाउन्डेसन (नेपाल) ले आज (शनिबार) राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय राज्यमन्त्री आठवलेले नेपाल भ्रमणमा आउने जानकारी दिएको हो । बुद्धका अनुयायी डा.अम्बेडकर को १३२ औं जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी विशिष्ट अतिथिको रुपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने फाउन्डेशनले जानकारी दिएको छ ।
‘नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक एवम् सम्मान कार्यक्रम २०८० लाई भव्यताका साथ सफल बनाउन र संयोगले बुद्धका महान् अनुयायी डा.अम्बेडकर को १३२ औं जन्मदिन अप्रिल १४ तारिख र हामी नेपालीको नयाँ वर्ष पनि एकैदिन परेको हुँदा हाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका
केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष माननीय रामदास आठवलेज्यु तीन दिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रुपमा आउनहुने जानकारी गराउँछौं,’ रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनको तीन दिने नेपाल भ्रमणको क्रममा अम्बेडकरको १३२ औं जन्मजयन्ती समारोह, विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन, फाउन्डेसनको उदघाटन,नवलपरासीमा निर्माणाधिन बुद्ध शान्ति पार्कको अवलोकन देवघाट घोषणापत्र जारी लगायतका कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण