आन्दोलनको प्रचार नगरेको भन्दै पत्रकारमाथि आक्रमण
रामचन्द्र न्यौपाने
डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरुले जिल्लामा रहेका पत्रकारहरु माथि आक्रमण गरेका छन् ।
ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिरोधमा आन्दोलन गरि रहेका आन्दोलनकारीहरुले जिल्लामा क्रियाशील पत्रकारहरुमाथि शनिबार दिउँसो सवा एक बजे आक्रमण गरेका हुन् ।
आन्दोलनको प्रचारप्रशार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोप लगाएर पत्रकारहरुमाथि आक्रमण गरेका हुन् ।
आन्दोलनकारीको आक्रमणबाट नेपाल पत्रकार महासंघ डोल्पाका पूर्व अध्यक्ष तथा कान्तिपूर समाचारदाता बिष्णुलाल बुढा, नेपाल पत्रकार महासंघ डोल्पाका कोषाध्यक्ष,अन्नपूर्णपोष्ट तथा एपीवान टिभिका जिल्ला समाचारदाता टेकबहादुर शाही र महासंघकै जिल्ला सदस्य रेडियो डोल्पामा समाचार प्रमुख लेखबहादुर बुढा माथि केहि आन्दोलनकारीले सामुहिक आक्रमण गरेका थिए ।
आक्रमणमा परी कान्तिपुर समाचारदाता बिष्णुलाल बुढा घाइते छन् । अन्य पत्रकारहरुलाई प्रहरीले सुरक्षा दिएको थियो ।
फागुन १६ गते रातीदेखि नै केन्द्र सारीएको विरोधमा आन्दोलन भएसंगै जिल्लामा रहेका सबै पत्रकारहरुले स्थानीय देखि राष्ट्रिय सञ्चार माध्याममा समाचारहरु प्रकाशन गरेका थिए ।
तर, आन्दोलनकारीले भने पत्रकारहरुले आन्दोलनको ब्यवास्ता गरेको समाचार प्रकाशन र प्रशारण नगरेको भनेर पत्रकारहरु माथि आक्रमण गरेका हुन् ।
पत्रकारहरु माथि नै आक्रमण गरे पछि नेपाल पत्रकार महासंघको ध्यानाकाशर्षण गराउँदै अब आन्दोलनका कुनै पनि समचारहरु कुनै पनि सञ्चारहरुबाट प्रचारप्रशार नगर्ने जिल्लाका पत्रकार हरुले जनाएका छन् ।
पत्रकारले गरेको सहयोग बिसर्नेहरुका लागि पत्रकारको कलम रोकिने चेतावनी समेत दिएका छन् ।
सुरक्षा खतरा रहेको भन्दै जिल्ला प्रशासनमा सुरक्षाको लागि अनुरोध पनि पत्रकारहरुले गरेका छन् ।
जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा गरेकोले कुनै पनि अप्रिय घटना हुन नदिने जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण